थपलियालाई पक्राउ गरेकोप्रति क्रान्तिकारी पत्रकार संगठनको आपती

थपलियालाई पक्राउ गरेकोप्रति क्रान्तिकारी पत्रकार संगठनको आपती

  • शनिबार, मंसिर २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ , २ मंसिर । क्रान्तिकारी पत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघका सदस्य समेत रहेका अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय महासचिव एवम् प्रगतिशील लेखक संघ प्रलेसका उपाध्यक्ष खेम थपलियालाई प्रहरीले विनाकारण पक्राउ भन्दै विरोध जनाएको छ ।

संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले एक विज्ञप्ती जारी गर्दै पत्रकार तथा साहित्यकार थपलियालाई तत्काल बिनाशर्त रिर्हा गर्न माग गर्नुभएको छ ।

प्रहरीले श्रृंखलाबद्ध रुपमा पत्रकार तथा सर्वसाधारण नागरिकलाई राजनीतिक आस्था राखेकै भरमा गिरफ्तार गर्ने कार्य तीब्र पारेको भन्दै उहाँले यस्ता कार्य तत्काल रोक्न पनि माग गर्नुभएको छ ।

अध्यक्ष चलाउनेले सरकार जवरजस्ती द्वन्द्वको वातावरण सिर्जना गर्न लागिपरेको भन्दै यसलाई रोक्न सम्पूर्ण पत्रकार, नेपाल पत्रकार महासंघसहित पत्रकारका संघसंस्था, राष्ट्रिय मानवअधिकार आयोग तथा मानव अधिकारकर्मीहरुलाई आवाज उठाउन आग्रह समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ