मुख मात्रै हैन लाठि मुङग्री पनि चल्न थाल्यो वाम र लोकतान्त्रिक गठबन्धनबीच !

मुख मात्रै हैन लाठि मुङग्री पनि चल्न थाल्यो वाम र लोकतान्त्रिक गठबन्धनबीच !

  • शनिबार, मंसिर २, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

रामेछाप । चुनावको मिति नजिकिँदै जाँदा दलका कार्यकर्ताहरुबीच आपसमा झडप बढ्न थालेका छन् । शुक्रबार रामेछापमा नेकपा एमले र माओवादी केन्द्रका कार्यकर्ताले नेपाली काँग्रेसका कार्यकर्तालाई कुटपिट गरेका छन् । बाटोमा कुरेर बसेका एमाले–माकेका कार्यकर्ताले काँग्रेस कार्यकर्ताहरु कृष्णदास सुनुवार, पार्टीका नेता शंकर पौडेल, कृष्ण बर्मेलाई कुटेका हुन् । उनीहरुको स्थानीय तामाकोशी अस्पतालमा उपचार भइरहेको छ ।

लिखु गाउँपालिका १ दुरागाउँस्थित थापा डाँडा भन्ने स्थानमा नेपाली काँग्रेसको बैठक सकि घर फर्कदै गरेका उनीहरुमाथि बाटो कुरेर बसेका बाम गठवन्धनका कार्यकर्ताहरुले एक्कासी आक्रमण गरेको काँग्रेसको आरोप छ ।

शुक्रबार साँझ ७ बजे एमाले र माकेका कार्यकर्ताले आफूमाथि एक्कासी आक्रमण गरेको घाइते शंकर पौडेलले बताए । एक्कासी १०–१२ जनाको समुहमा आएका एमाले र माकेका कार्यकर्ताले आक्रमण गरेको नेविसंघका क्षेत्रीय अध्यक्ष धिरोज खत्रीले जानकारी दिए ।

सुनियोजित ढंगले गठवन्धन सम्बद्ध कार्यकर्ताहरुले आफ्ना स्थानीय कार्यकर्तामाथि आक्रमण गरेको भन्दै खत्रीले घटनाको भत्सर्ना गरेका छन् ।

यस्तै काँग्रेसको स्थानिय पार्टी समितिले पनि घटनाको निन्दा गर्दै दोषीहरुलाइ कडा भन्दा कडा कार्वाहीको माग गरेको छ। साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ