शिक्षक कर्मचारी पनि प्रहरी निशानामा , ताप्लेजुङबाट शिक्षक शुशीला बराल गिरफ्तार

शिक्षक कर्मचारी पनि प्रहरी निशानामा , ताप्लेजुङबाट शिक्षक शुशीला बराल गिरफ्तार

  • शनिबार, मंसिर २, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

ताप्लेजुङ ।
नेपाल शिक्षक महासंघ, ताप्लेजुङ उपाध्यक्ष, अखिल नेपाल शिक्षक संगठन जिल्ला सदस्य तथा शिक्षक शुशीला बराल गौतमलाई प्रहरीले गिरफ्तार गरेको छ ।

शुक्रबार साँझ ६ बजे विद्यालयबाट फर्किए लगत्तै फुङलिङ नगरपालिका ४ भेटेरिनरी चौक आफ्नो कोठाबाट प्रहरीले गिरफ्तार गरेको छ ।

प्रहरीले गौतमको डेरामा दिनभरीको प्रयासपछि सोधपुछको लागि भन्दै, तीन जना प्रहरीले लगेको, गौतमका छोरा पवन गौतमले जानकारी दिए । आफ्नो ड्युटीबाट घर फर्के लगत्तै कोठाबाट पक्राउ गर्नुको कारण नखुलाईएको र पक्राउपूर्जीबिना पक्राउ गरिएको छोरा पवनले फक्ताङ्लुङ संबाददातालाई जानकारी दिए ।

अहिले गौतमलाई हिरासतमा राखिएको छ । ताप्लेजुङमा यसअघि नेपाल सरकारकै कर्मचारी, जिल्ला हुलाक कार्यालयमा कार्यरत कर्मचारी ध्रुब मादेनलाई पनि सामान्य राजनीतिक आस्थाकै भरमा प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको छ । त्यस्तै शुक्रबार नै प्रहरीले पाँचथरबाट नेपाल शिक्षक महासंघ केन्द्रीय उपाध्यक्ष टिकादेवी राईलाई विद्यालयबाट गिरफ्तार गरेको अखिल नेपाल शिक्षक संगठन सचिब कमलले जानकारी दिए ।

५ दिन अगाडि मात्र नेपाल कम्युनिष्ट पार्टीका जिल्ला जनपरिषद उपप्रमुख राकेश दाहाल सहित ८ जनालाई बिना कारण पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङमा राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ