प्रकाशमान सिंहले गठन गरे एक हजार १ सदस्यीय चुनाव प्रचारप्रसार समिति

प्रकाशमान सिंहले गठन गरे एक हजार १ सदस्यीय चुनाव प्रचारप्रसार समिति

  • शुक्रबार, मंसिर १, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा उम्मेद्वार प्रकाशमान सिंहले वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीको संयोजकत्वमा एक हजार १ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गर्नुभएको छ । कार्तिक २० गतेबाट नै चनावी घरदैलो कार्यक्रम सुरु गरेको भएपनि नेता सिंहले आज मात्र निर्वाचन क्षेत्र नं. १ मा व्यवस्थित रुपमा चुनावी प्रचार अभियान सञ्चालन गर्न लिलेन्द्र प्रधानलाई आर्थिक, प्राध्यापक चुडाराज उप्रेतिलाई वौद्धिक र निरज कार्कीलाई युवा परिचालन समिति संयोजकको जिम्मेवारी दिनुभएको हो । उहाँले घरदैलोको क्रममा काठमाडौँको वडा २९ घट्टेकूलो मतदातासँग भेटघाट गर्नुभयो । पूर्व उपप्रधानमन्त्री एवं काँग्रेसका पूर्व महामन्त्री समेत रहनुभएका नेता सिंहले यसअघिको समय सविधान जारी गर्नेक्रममा बितेकाले आफ्नो क्षेत्रको विकासनिर्माणको काम अधुरो रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘‘ मैले सविधान जारी गर्नेक्रममा भूमिका निर्वाह गरे, अब आफ्नो निर्वाचन क्षेत्रको विकासनिर्माण काम गर्नुछ , आफ्नो क्षेत्रलाई नमुना क्षेत्र बनाउन मलाई यहाँँहरुको मतदान चाहिएको छ ।’’ अब देशलाई समृद्धिको बाटो लैजाने काम काँग्रेसले मात्र गर्न सक्ने भन्दै काँग्रेसबिना लोकतन्त्र अुधरो रहने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ