१ मंसिर ,कञ्चनपुर । नेकपा एमालेका उम्मेदवार कर्ण हमालको घर नजिकै शक्तिशाली बम फिस्फोट भएको छ ।
कञ्चनपुरको गुलरिया प्रहरी चौकी र हमालको घर नजिकै हाइवेमा अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको हो ।
शुक्रबार विहान करिब साढे ४ बजेतिर ठूलो आवाज आएको स्थानीयले बताएका छन् ।
त्यसैगरी भिमदत्तनगरपालिका ८ को तिलाचौर मतदान केन्द्रमा प्रेसर कुकर बम फेला परेको छ । सेनको डिस्पोजल टोली जाँदै गरेको बताइएको छ ।
चुनावको मिति नजिकिँदै जाँदा जिल्लाका विभिन्न ठाउँमा बम भेटिएपछि मतदाता त्रसिद बनेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline