शिक्षक महासंघकी केन्द्रिय उपाध्यक्ष टीका राइ कक्षाकाेठाबाटै गिरफ्तार

शिक्षक महासंघकी केन्द्रिय उपाध्यक्ष टीका राइ कक्षाकाेठाबाटै गिरफ्तार

  • शुक्रबार, मंसिर १, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

पाँचथर , १ मंसिर ।

नेपाल शिक्षक महासंघ केन्द्रिय उपाध्यक्ष टीका राइलाइ बिद्यालयबाटै प्रहरीले गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यलय पाँचथर बाट गएको प्रहरी टोलीले राईलाई आफ्नो बिद्यालयमा अद्यापन गरिरहेको अवस्था गिरफ्तार गरेको हो ।

पाँचथरको लुङ्रुपास्थीत गुप्तेश्वर माध्यामिक बिद्यालयमा पढाईरहेकोबेला उनलाई गिरफ्तार गरेको हो । राई नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठनकी केन्द्रिय सचिवालय सदस्य समेत हुन् ।
राइको गिरफ्तारप्रति अखिल नेपाल शिक्षक संगठन घोर निन्दा गर्दै तत्काल रिहाई को माग गरेको छ । मिर्मिरे अनलाईनसँग कुरा गर्दै संगठनका अध्यक्ष लालबहादुर बिसीले राई सहित देशभरबाट पक्राउ परेका सबै शिक्षकहरुलाई तत्काल रिहा नगरे आफुहरु कडा सङघर्षमा उत्रने चेतावनी दिनुभएको छ । राईलाई अहिले फिदिम जिल्ला कारागारमा राखिएको हाम्रा सहकर्मीले जनाएका छन्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ