अनिल मेगा छाडेर सेञ्चुरी जाने: बैंकर्स एसोसिएसन नेतृत्वविहीन !

अनिल मेगा छाडेर सेञ्चुरी जाने: बैंकर्स एसोसिएसन नेतृत्वविहीन !

  • शुक्रबार, मंसिर १, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाण्डौ , १ मंसिर । बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन नेतृत्वविहीन हुने भएको छ । एसोसिएसनका अध्यक्ष अनिलकेसरी शाह मेगा बैंक छाडेर सेञ्चुरी कमर्सियल बैंकमा जाने निश्चित भएपछि एसोसिएसन पनि नेतृत्वविहीन हुने भएको हो ।

२ वर्ष पदावधि रहेको एसोसिएसनको हालका अध्यक्ष शाहले जिम्मेवारी सम्हालेको एक वर्षमात्र पुगेको छ । २ सातापछि एसोसिएसनको नियमित वार्षिक साधारणसभा छ । र पुष १७ देखि उनी सेञ्चुरी कमर्सियल बैंकमा गएपछि उक्त पद पनि छोड्नु पर्नेछ ।

एसोसिएसनको विधानअनुसार कार्यसमितिमा व्यक्ति नभइ बैंकको प्रतिनिधित्व हुने भएकाले बैंक छाडेको व्यक्ति एसोशिएसनमा बहाल रहँदैन । तर, कसैको अब्जेक्सन नभएको खण्डमा अध्यक्षले नै दोहो¥याउन सक्ने व्यवस्था पनि रहेको एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए ।

“कार्यसमितिले निर्णय गरी सम्पूर्ण सदस्यहरू सहमत भएको खण्डमा अध्यक्ष परिवर्तन नहुन पनि सक्छ,” शर्माले भने, “सहमति हुन नसकेको खण्डमा अध्यक्षको लागि साधारणसभा नै बोलाउनु पर्छ ।” तर, एसोसिएसनको अन्य पदका लागि भने कार्यसमितिले नै निर्णय गर्न सक्ने व्यवस्था बिधानमा रहेको शर्माले बताए ।

अनिलकेशरी शाहले औपचारिक रूपमा मेगा बैंक नछाडेकाले अध्यक्ष पद कायम रहेको उल्लेख गर्दै शर्माले भने, “उहाँले औपचारिक रूपमा छाडेपछि एसोसिएसले साधारणसभा बोलाइ नयाँ निर्णय गर्नेछ ।” – कारोबार 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी