घर घेरा हालेर कैलालीमा प्रहरीले गर्याे नेकपाका नेताहरुकाे गिरफ्तार , दोहोरो झडप, प्रहरी घाइते

घर घेरा हालेर कैलालीमा प्रहरीले गर्याे नेकपाका नेताहरुकाे गिरफ्तार , दोहोरो झडप, प्रहरी घाइते

  • बिहिबार, कार्तिक ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

३० कात्तिक,लम्की । नेपाल कम्युनिस्ट पार्टीका कैलाली इन्चार्ज रामबहादुर चौधरी ‘माहान’लाई प्रहरीले गिरफ्तार गरेको छ ।

बुधबार साँझ ७ बजे हसुलियाबाट गिरफ्तार गरेको हो । स्थानीयको घरमा चौधरीसँगै प्रहरीले सेती ब्यूरो सदस्य प्रकाश मल्ललाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।

प्रहरीले गाउँलाई नै घेरा हालेर दुई नेतालाई गिरफ्तार गरेको सेती ब्युरो कार्यालय सचिव डबलबहादुर शाहले जानकारी दिए ।

प्रहरी घरमा प्रवेश गर्दा स्थानीयले प्रतिकार गरेका थिए । प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको थियो । झडपमा परी केही प्रहरी र केही स्थानीय युवा घाइते भएका छन् ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी निकट सुकुम्बासी संगठनका केन्द्रीय उपाध्यक्ष मिनराज गिरी र कैलाली अध्यक्ष तपेन्द्र रसाइलीलाई प्रहरीले गिरफ्तार गरिको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढीमा सुरक्षा निकायलाई नेकपा नेता–कार्यकर्तालाई गिरफ्तार गर्न निर्देशन दिएसँगै प्रहरीले गिरफ्तार र धरपकड बढाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ