भक्तपुरमा अत्याधुनिक सुविधासम्पन्न नया ट्राफिक भवन बन्दै

भक्तपुरमा अत्याधुनिक सुविधासम्पन्न नया ट्राफिक भवन बन्दै

सर्वेन्द्र खनालले गरे नयाँ भवनको शिलान्यास

  • बिहिबार, कार्तिक ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

कार्तिक ३० ,भक्तपुर /

सूर्यविनायक नगरपालिका कटुञ्जे वडा नं ६ मा महानगरीय नयाँ ट्राफिक कार्यालय भवन निर्माण गरिने/ भएको छ ।
महानगरीय ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले नया बन्ने आज भवनको बिहिबार शिलान्यास गर्दै नियमसंगतरूपमा काम गरेर ट्राफिक नियमलाई कडाइका साथ कार्यान्वयन गर्न र दुर्घटना न्यूनीकरण गर्न चनाखो भएर काम गर्न निर्देशन दिनुभएको छ ।
उक्त भवन निर्माण समितिका अध्यक्ष नवीन प्रजापतिले कूल रू एक करोड ४१ लाख ८८ हजार ६५० को लागतमा भूकम्प प्रतिरोधी भवन निर्माण हुने बताउनुभयो ।

 

डीआइजि खनालले यातायात सेवा केन्द्र तथा यातायात कार्यालयले भक्तपुरमा सेवा शुरु गर्दा सवारी चालक अनुमति पत्र लिनका लागि राजश्व तिर्न सहज भएको चर्चा गर्दै नया बन्ने कार्यालय भवन निर्माण पछि सवारी साधनको नामसारीलगायत जनताका लागि आवश्यक सम्पूर्ण सेवा सञ्चालन गर्न सुझाव दिनुभयो ।
भवन निर्माण समितिका संयोजक एवं ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेतुले कटुञ्जेको कित्ता नं २३३३ रहेको १३ आना क्षेत्रफलमा आगामी एक वर्षभित्र सुविधासम्पन्न अत्याधुनिक भवन निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो ।
आफ्नै संयोजनमा कोटेश्वर, दरबारमार्ग कालीमाटी र सातदोबाटोमा ट्राफिक प्रहरी कार्यालय भवन निर्माण भइसकेको चर्चा गर्दै उहाँले भक्तपुरको भवन पनि निर्धारित समयमै सम्पन्न हुनेमा जोड दिनुभयो । संयोजक हाछेतुले भवन निर्माणमा सहयोग गर्न दातालाई आग्रह गर्नुभयो ।

फोटो ;- ebhaktapur.com बात

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ