बागलुङ,कार्तिक ३०।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपि ओली सहभागी हुने बाम गठबन्धनको बाग्लुङमा आयोजित संयुक्त चुनावी सभामा आज बम बिस्फोट भएको छ । चुनावी सभाका लागि शिर्ष नेताहरु आउने कार्यक्रममा बम बिष्फोट भएको गलकोट प्रहरिले जानकारी दिएको छ ।
बाम गठबन्धनले गलकोट नगरपालिका ३ स्थित क्याम्पसमा आमसभा गर्दै गरेको ठाउनजिकै आज वम विस्फोट भएको हो । ठूलो आवाज सहित पड्केपछि चुनावी सभामा सहभागीहरुको भागाभाग भएको थियो ।
अहिले सो क्षेत्रमा प्रहरीले थप सुरक्षाकर्मी बढाएको छ ।
प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले का अनुसार सामान्य प्रकारको बम पड्केको र बिष्फोटबाट कुनै क्षति नभएको वताईएको छ ।
कार्यक्रमका लागि अध्यक्ष ओली, माओवादी अध्यक्ष दाहाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आउने कार्यक्रम रहेको प्रहरीले जानकारी दिएको छ ।