,३० कात्तिक, काठमाडौं ।
आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै उम्मेदवारमाथि लक्षीत गरेर बम बिस्फोटका घटना बढ्दै गएको छ ।
आज पनि सिंचाई राज्य मन्त्री एवम् कांग्रेस उम्मदवार अमरसिंह पुनलाई लक्षित गरी बम विष्फोट भएको छ ।
रोल्पाको स्वर्णवती गाउँपालिका–१ घोडागाउँमा आज दिउँसो उहालाई लक्षित गरी बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
घरदैलो कार्यक्रमका क्रममा रोल्पा पुग्नुभयका पुन सवार गाडी मा पडाडिबाट सुत्ली बम प्रहार भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन । घटनामा कुनै क्षति नभएको वताईएको छ ।
यसअघि रोल्पामा नै अज्ञात समुहले माओवादी नेता तथा उम्मेदवार वर्समान पुन अनन्तलाई लक्षीत गरेर दुई पटक बम बिष्फोट गराएके थियो ।
भोजपुरमा पनि एमाले नेता शेरधन राईमाथि पनि बम आक्रमण भएको थियो भने संखुवासभामा एमालेका उम्मेदवारमाथि पनि एम्बुस बम आक्रमण भएको थियो ।
निर्वाचन नजिकिदै जादा दैनिक जसो उम्मेदवार तथा चुनाव प्रचारप्रसारमा हिडेकाहरुमाथि लक्षीत गरेर बम आक्रमण हुदै गएको छ ।