धनकुटा ,३० कार्तिक ।
निर्वाचन नजिकिएसँगै प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथिको धरपकड तिब्र बनाएको छ । आज मात्रै धनकुटा र सुनसरीबाट चार जना नेता कार्यकर्ता पक्राउ गरेको छ ।
धनकुटामा आज नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको साप्तिङटारबाट नेकपाका जिल्ला इन्चार्ज आकाश शर्मा र जिल्ला सदस्य रणकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।
यसअघि धनकुटाबाट नै तीन जना नेकपा कार्यकर्ता पक्राउ गरेको प्रहरीले आज जिल्ला ईन्चार्ज सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला सदस्य मोहन ओझा (बिज्ञान) ,रञ्जित राई र प्रेम कटेललाई हिजो पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline