राष्ट्रपति भण्डारी आज स्वदेश फर्किदै

राष्ट्रपति भण्डारी आज स्वदेश फर्किदै

  • बिहिबार, कार्तिक ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ ३० कार्तिक ।
युएइको चारदिने मैत्रिपूर्ण भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कदै हुनुहुन्छ । युएइका युवराज शेख मोहम्मद बिन जाहेद अल नेह्यानको औपचारिक निमन्त्रणामा उहाँ गत सोमबार युएइ जानु भएको हो ।

युएई भ्रमणका क्रममा उहाँले सशस्त्र बल नायव सर्वोच्च कमान्डर समेत रहनु भएका युवराज नेह्यानसँग द्धिपक्षीय भेट गर्नुका साथै दुई देशबीचको सम्बन्ध व्यापार तथा युएइमा रहेका नेपाली श्रमिकहरुको अवस्थाबारे छलफल गर्नुभएको थियो ।

नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वर्ष पुगेको अवसरमा युवराज नेह्यानको निमन्त्रणामा २६ सदस्यीय टोलीको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी अबुधावी प्रस्थान गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले हिजो अबुधावीस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्दै दुई मुलुकबीचको सम्बन्धलाई थप घनिष्ट बनाउन आफूले युएइको भ्रमण गरेको बताउनु भएको छ ।

उहाँले दुई मुलुकबीच श्रम सम्झौता भइसकेको उल्लेख गर्दै घरेलु मजदुरका समस्यालाई पनि समाधान गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपतिको भ्रमणका क्रममा द्धिपक्षीय सम्बन्ध तथा सहकार्यका विषयमा दुई देशका अधिकारीहरुबीच समेत छलफल भएको थियो ।

युएई र नेपालबीच सन् १९७७ मा गुटनितिक सम्बन्ध स्थापना भएको थियो । नेपाली कामदारका लागि उत्कृष्ट गन्तव्यका रुपमा समेत रहेको युएइमा हाल २ लाखभन्दा बढी कार्यरत रहेको अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ