काठमाडौं, कात्तिक २९ । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पाण्डेलाई पक्राउ गरेको हो ।
अख्तियारको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेललाई १० लाख रुपैयाँ घुससहित पक्रेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए ।
उनीहरुको बयानका आधारमा महानिर्देशक पाण्डेको पनि मिलेमतो देखिएको भन्दै पक्राउ गरिएको अख्तियारको दाबी छ ।
वैदेशिक रोजगार न्यायाधिकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाइएको छ ।
पौडल र केसी भने मंगलबार राति ८ बजेतिर नयाँबानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट समातिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline