पेट्रोलियम पदार्थ माग बढ्यो , आपूर्ति सहज बनाउन निगमलाई निर्देशन

पेट्रोलियम पदार्थ माग बढ्यो , आपूर्ति सहज बनाउन निगमलाई निर्देशन

  • बुधबार, कार्तिक २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

२९ कात्तिक, काठमाडौं ।

पछिल्लो समय पेट्रोल र डिजेलको माग वृद्धि भएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

आयल निगमका अनुसार पछिल्लो समय मुलुकभर पेट्रोलको दैनिक खपत करिब १२ सय किलोलिटर साथै डिजेलको दैनिक खपत करिब ३५ सय किलोलिटर रहेको छ ।

सामान्य अवस्थामा पेट्रोलको खपत एक हजार किलोलिटर र डिजेलको तीन हजार हुने गरेको निगमले जनाएो छ ।

विकास निर्माणका गतिविधि शुरु हुने सिजन यही हो । निर्वाचनको माहोल उत्कर्षमा पुग्दै गर्दा इन्धन खपत पनि बढेको निगमका अधिकारीहरुको भनाइ छ । तर, अहिलेको खपत वृद्धिको मुख्य कारण निर्वाचन नै भएको उनीहरु बताउँछन् ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार गत अक्टोबरमा पेट्रोल खपत ४२ हजार किलोलिटर थियो । सेप्टेम्बरमा ३८ हजार किलोलिटर पेट्रोल खपत भएको थियो । यस्तै, सेप्टेम्बरमा ८५ हजार किलोलिटर खपत भएको डिजेल अक्टोबरमा एक लाख किलोलिटर पुगेको छ ।

यसैबीच, आपूर्ति मन्त्रालयले निर्वाचनको समयमा इन्धनको आपूर्ति सहज बनाउन निगमलाई निर्देशन दिएको छ । सोहीअनुरुप निगमले आपूर्ति बढाएको छ भने भण्डारण क्षमतालाई पनि चुस्त बनाउन लागेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी