मकवानपुर र चितवनमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु , दुई घाईते

मकवानपुर र चितवनमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु , दुई घाईते

  • बुधबार, कार्तिक २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

मकवानपुर, २९ कात्तिक।
मकवानपुको हेटौडास्थित त्रिभुवन राजपथको सामरीमा आज विहान सवारी दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ना ६ त १०५१ नम्बरको ट्र्याक्टरले एक पैदलयात्रुलाई बिहान करिब ४ बजे तिर ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौँडा उपनगरपालिका–१५ का १९ वर्षीय आकाश लोप्चन रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । प्रहरीले ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।

यसैविच पूर्वी चितवनको कालिका नगरपालिका–२ स्थित लंकालाइनमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।

आज बिहान करिब साढे एक बजेको समयमा तीनजना सवार ना ४६ प ९३४० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।

लंकालाइनबाट भरतपुरतर्फ जाने क्रममा भएको सो दुर्घटनामा परी मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ का ३१ वर्षीय विवेक दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सो मोटरसाइकलको पछाडि सवार सोही स्थनका २५ वर्षीय दुखिराम दराई र कालिका नगरपालिका–३ का ३१ वर्षीय अविनास महतो घाइते भएका छन् ।

उनीहरुको अहिले कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल, भरतपुरमा उपचार भइरहेको छ । उनीहरुले मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको प्रहरीको अनुमान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ