आयोगका कर्मचारीबाट खोसेर स्थानीय जनताले च्याते निर्वाचन सामाग्री

आयोगका कर्मचारीबाट खोसेर स्थानीय जनताले च्याते निर्वाचन सामाग्री

  • बुधबार, कार्तिक २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

जानकी दहित/दाङ ।

दाङको गढवा खैरामा स्थानीय जनताले निर्वाचन सामाग्री खोसेर च्याति दिएका छन् । गढवा ५ खैरामा स्थानीय जनताले निर्वाचन सामाग्री बोकेर गइरहेका स्वयमसेविकाबाट खोसेर च्यातेका हुन् ।

पुरानो संसदीय व्यवस्थाको चुनावलाई खारेज गर्दै आइरहेको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा मंगलबार दाङ देउखुरीको सतबारिया कमानपुरमा चुनाव खारेजी जनसभा सम्पन्न भएको छ । सतबरियाको कमानपुमा भएको जनसभालाई नेकपा गढवा राजपुरका इन्चार्ज गणेश चौधरी, लमही नगरका इन्चार्ज एकराज चौधरीले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा उहाँहरुले ‘असफल भइसकेको दलाल संसदीय व्यवस्थाको रंगीबिरगीं चुनावको भ्रममा नलाग्न र विभिन्न झुटको खेती गर्ने उम्मेद्वारलाई बहिस्कार गर्न’ आह्वान गर्नुभएको थियो । विभिन्न रुपरंगमा गरिने चुनावले दलाल भ्रष्टहरुको ठगी खाने भाँडोको रुपमा रहेकाले यो चुनावमा सहभागी नहुन पनि आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ