काठमाडौं ।
प्रहरीले नेपाल भाषाको पत्रिका ‘निहिगु जोज्वोलपा’का प्रधान सम्पादक जितेन्द्र महर्जनलाई गिरफ्तार गरेको छ ।
काठमाडौंको किर्तिपुरस्थित घरबाटै प्रहरीले मंगलबार साँझ ६ बजे गिरफ्तार गरेको हो । चुनाव नजिकै गर्दा सरकारले देशभरबाट समाचार लेखेकै कारण पत्रकारहरुलाई गिरफ्तार गरिरहेको छ ।
महर्जनलाई कालिमाटीस्थित महानगरिय प्रहरी बृतमा राखिएको छ ।
यसअघि प्यूठानबाट प्रकाशित भइरहेको ‘प्यूठान भिजन’ मासिक पत्रिकाका सम्पादक जायेश्वर आचार्य र कार्यकारी सम्पादक पदमप्रसाद पोख्रेललाई प्रहरीले गिरफ्तार गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline