झापा ।
ओखलढुंगामा जन्मेका सुरेन्द्र कार्की उर्फ राम कार्की (पार्थ) माओवादी केन्द्रका बौद्धिक नेताका रुपमा परिचित छन् । उनी विभिन्न विषयका बारे राम्रो तर्क गर्न सक्छन् ।
तर कार्कीलाई अहिले भारतीय पाहुना उम्मेदवार भएको भन्दै झापा १ बाट उनलाई हराउन गठबन्धन एमाले र माओवादी कै केही युवाले चलखेल सुरु गरेका छन् ।
कार्की एमाले माओवादीका साझा उम्मेदवार हुन् । कार्कीको श्रीमती भारत सरकारको कर्मचारी हुन् । कार्की ६४ सालमा पनि ताप्लेजुङबाट पराजित भएका थिए ।
कार्की नेपालमै जन्मिएपनि लामो समय भारत बसेको तथा भारतकै पश्चिम बङ्गालमा घर रहेको भन्दै उनी भन्दा बरु काङ्ग्रेसका विश्व प्रकाश शर्मा स्वाभिमानी रहेको निचोड सहित अघोषित अभियान चलाउने तयारी गरिएको एक एमाले कार्यकर्ताले बताए । यसै गरि झापाका पुराना माओवादी कार्यकर्ता पनि अनैतिक नै हुने भए पनि कार्की लाई भोट नहाल्ने बताउन थालेका छन् ।
अर्को तर्फ कार्की सास्कृतिक रूपमा पनि ठिक नभएको भन्दै आलोचना सुरु हुँन थालेको छ । राजनितिमा राम्रै छाप छोडेका र पूर्वबाट माओवादी भित्र पनि राम्रो हस्तक्षेप राख्ने नेताको रुपमा चिनिएपनि उनलाई अहिले आफैले गरेका विगतका सास्कृति विचलनका घटनाले पुन कोतर्न थालेको हो ।
कार्की हराउन अनौपचारिक रुपमा लाग्ने भएपछि उनिहरुले भित्री रुपमा साहको च्यानलमा छलफल चलाएको बुझिएको छ । यसबारे झापा जिल्लाका एमाले नेताले भने खण्डन गरेका छन ।
यौन काण्डपछि सिन्धुलिबाट लखेटिएका थिए कार्की !
ओखलढुंगामा जन्मेका कार्की माओवादीमा जति बौद्धिक नेताका रुपमा परिचित छन् त्यति नै पार्टी भित्र यौन अराजक नेताको रुपमा हुने बिरोध पनि खेप्न बाध्य छन् ।
सुरुमा रामराजाप्रसाद सिङ्गको पार्टीमा रहेका ऊनी पछि मसाल हुँदै हरिबोल गजुरेल र बाबुराम भट्टराई सङै एकता केन्द्र मा सामेल भएका थिए ।
त्यसपछि सिन्धुलिमा ५०÷५१ सालतिर उनी नराम्रो यौन बिबाद मा परे ।
नाम उल्लेख नगर्ने सर्तमा एक पुराना माओवादी नेता भन्छन् पार्थ कमरेडमा यो समस्या देखा पर्या हो ।
त्यो बेला सिन्धुलीको सहिद महेन्द्र श्रेष्ठका भाउजू सङ्ग अनैतिक सम्बन्ध राखेको स्थानीयले फेला पारे पछि गाउलेले उनलाइ खेदेको ती नेताले दाबी गरे ।
ती महिलाको श्रीमान जिल्ला पार्टीको सदस्य समेत थिए । यसै पार्टीले साधारण सदस्य समेत नरहने गरि निस्कासन गरे पछि ऊनी सिल्गुडी पुगे । जेठि श्रीमतीसँग सम्बन्ध राम्रो नभएकोले उनले सिक्किमकि एक महिला सङ्ग दोस्रो बिबाह गरे । त्यस पछि सिल्गुरिमै कान्छी श्रीमतीको घरमा बसे भने सिक्किमका मुख्य मन्त्री पवन चाम्लिङसङ्ग पनि सम्पर्क बनाए ।
पछि जनयुद्ध चर्कदै गएपछि मातृका यादवको सम्पर्कबाट पार्टीमा जोडीएर नेता बनेका थिए । शान्ति प्रक्रिया सुरु भएपछि पनि पुर्बको एक पार्टी कार्यकर्ता सङ्ग सम्बन्धको हल्ला चलाइएको थियो ।
यिनै विभिन्न कारणले राम कार्की लाई माओवादी र एमालेका कार्यकर्ता को केहि कार्यकर्ता हरु हराउन गोप्य रुपले लागेको बताए ।