२८ कात्तिक,भोजपुर ।
नेकपा एमालेका तथा पूर्व सूचना तथा संचारमन्त्री शेरधन राईको गाडीमाथि बम प्रहार हुँदा उनका अंगरक्षक घाईते भएक छन् ।
प्रदेस सभा सदस्य उम्मेदवार समेत रहेका नेता राई भोजपुरको गोगनेमा आयोजना गरिएको चुनवाी सभालाई सम्बोधन गर्ने जाने क्रममा गाडीमाथि बम प्रहार भएको थियो ।
राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटा घाइते भएका हुन् । उनको हातमा चोट लागेको छ । प्रहरीका अनुसार राई भने सकुशल रहेका छन् ।
उता नेता राईले जिल्लामा आफ्नो लोकप्रियता देखेर आफूमाथि आक्रमण भएको बताउँदै आक्रमणलाई आफूले गम्भीर रुपमा लिएको बताए । उनले आफूलाई भौतिक रुपमै सिध्याउन आक्रमण भएको दाबी गरे ।
अहिले घटना भएको स्थलमा सुरक्षा ब्यावस्था कडा पारिएको छ ।
थप सुरक्षाकर्मी खटाएर उम्मेद्धवारलाई सुरक्षित गर्ने कार्य पनि गराईएके जिप्रका भोजपुरले जनाएके छ ।