गिरफ्तार नेता कार्यकर्ता तत्काल रिहाइ गर्न नेकपाकाे माग

गिरफ्तार नेता कार्यकर्ता तत्काल रिहाइ गर्न नेकपाकाे माग

  • मङ्लबार, कार्तिक २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, २८ कात्तिक । नेपाल कम्यूनिष्ट पार्टी गण्डकले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नेता कार्यकर्ताहरु पक्राउ गरिएकोमा आपत्ति जनाउदै तत्काल बिनासर्त रिहाइको माग गरेको छ । पार्टी गण्डककी व्युरो प्रमुख सावित्रा दुरा आस्थाद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा दलाल राज्यको गृह प्रशासनले कथित चुनाव सफल पार्ने नाउमा गण्डक ब्युरो अन्तरगतका कास्की,गोर्खा र लमजुङवाट पार्टीका नेता कार्यकर्तालाई विना कारण गिरफ्तार गरेको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

शान्तिपुर्ण विचार अभिव्यक्ति माथि नै रोक लगाउने गरि फासिवादि शैलीमा लमजुङका पार्टी सचिव सन्तोष कोइराला लगाएत टेकतारा बोहोरा, गोबिन्द, गोरखाका पार्टी जिल्ला सदस्य विशाल गजुरेल,भरत कोइराला,अनिल कुमाल,युवा जन स्वयमसेबकका जिल्ला सदस्य भोला,भेघराज कुमाल,पार्टी सदस्य राजन भट्ट,कास्कीका विधार्थी नेता काजी गुरुङ,सुनिल कुमाल,जिल्ला सदस्य रामकाजी गुरुङ,विजय अधिकारी,सन्तोष परियार,पार्टी सदस्य दिपक गुरुङ,सन्तोष लिम्ब,ु लेख गुरुङ,रविन्द्र थापा,राम बहादुर राई,सोबित मगर,सागर परियार लगायतलाई तत्काल रिहाइको माग गरेको छ ।

कथित लोकतन्त्रको नाममा संसदवादी दलालहरुले करौडोको पैसा खर्च गरेर ,गुण्डा प्रयोग गरेर जनताको धन र बलको आडमा त्रास देखाएर चुनाव प्रचार प्रसार गर्ने तर हम्रो पार्टीले देश र जनताको हितमा आफ्नो विचार अभिव्यक्त गर्न समेत नपाउनु निन्दनिय कार्य हो। हामी दलाल राज्यलाई यस प्रकारको फासिवादी दमन कार्य रोक्न र हाम्रा निर्दोश नेता कार्यकर्ताको तत्काल रिहा गर्न माग गर्दछौ ।

यदि यसलाई वेवस्ता गरि दमनलाई बढाउदै गएमा पार्टीले त्यसको सशक्त वहिष्कार गर्न वाध्य हुनेछ । त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयम राज्य हुने चेतावनी दिन चाहान्छौ । साथै हाम्रो लडाई जनताको राजनैतिक अधिकार सङ्ग जोडिएकोले यसमा कोही पनि आग्रह र पुर्वाग्रह नहुन पनि आग्रह गर्दछौ । यो चुनाव देश र जनताको हितमा छैन ।

यसले देश र जनताअलाइ पराधिनता र दासता तिर नै लानेछ तसर्थ सचेत नागरिकले यसलाई शसक्त बहिष्कार गर्न र हाम्रो सिंगो पार्टीपंक्ति यसलाई शसक्त खारेजी अभियानमा होमिन आह्वान गर्दै दलाल पुजिवादी संसदिय व्यवस्थाको फासिवादी दमनबाट कोही पनि नआतीकन शान्ति संमृदि, विकास,समानता र स्वाधिनताको लागी वैज्ञानिक समाजबाद स्थापना गर्न एकिकृत जनक्रान्तिको बाटोमा दृढता पुर्वक लामबद्द हुन हामी हार्दिक अपिल गर्दछौ। ‘

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ