काठमाडौं , २७ कार्तिक ।
नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवा जनस्वयम्सेवकका कार्यकर्ताले वैदेशिक रोजगार व्यावसायी संघ, कास्कीका अध्यक्ष एवम् पुकार म्यानपावर पोखराका प्रमुख खेम बराललाई कालोमोसो दलेर गरेको छ ।
पोखरा सभागृह चोकस्थित म्यानपावरको कार्यालयमै आज बराललाई युवाहरुले कालोमोसो दलेको हो ।
विदेश पठाइदिने भन्दै अत्याधिक पैसा लिएर युवाहरुलाई दुख दिएको, युवाहरुका पासपोर्ट लिएर महिनौंसम्म फिर्ता नगरेको, महँगो होटलमा अन्तर्वार्ता लिएर त्यसको आर्थिक बोझ विदेश जाने युवायुवतीहरुबाट उठाएर ठगेको भन्दै बरालमाथि कार्वाहि गरेको जनस्वयमसेवकले जनाएको छ ।
त्यस्तै मेडिकलहरुको साठगाठमा (स्वास्थ्य परिक्षण) मेडिकल गर्दा लाग्ने खर्चको बिल धेरै बनाएर पैसा खाएको, नियमविपरित युवायुवतीहरुको पैसा र पासपोर्ट कब्जा गर्ने गरेको उजुरीको आधारमा उनीमाथी कारवाही गरेको सो सङ्गठनले जनाएको छ ।