बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको सम्झौता सरकारद्धारा खारेज

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको सम्झौता सरकारद्धारा खारेज

  • सोमवार, कार्तिक २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 20.6K
    SHARES

काठमाडौं २७ कात्तिक ।
सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ ।

सरकारले गत जेठमा उक्त जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी ‘चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड’ (सीजीजीसी) लाई दिइएको थियो । आज विहान बसेको मन्त्रिपरिषद बैठकले गेजुवासँगको सम्झौता खारेज गरेको हो ।

संसदीय समितिहरुको निर्देशन बमोजिम मन्त्रिपरिषदको बैठकले बुढी गण्डकी निर्माण सम्बन्धी यसअघिको सम्झौता खारेज गरेको उपप्रधानमन्त्री कमल थापाले जानकारी दिनुभयो ।

अनियमित र हचुवा ढंगले गेजुवा ग्रुपसँग गरिएको बुढी गण्डकी जलविद्युत आयोजनाको सम्झौता संसदीय समितिहरुको निर्देशन बमोजिम आज बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको छ उपप्रधानमन्त्री थापाले ट्वीट गर्दै जानकारी दिनुभएको हो ।

बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णयको नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पनि विरोध गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी