टेकेन्द्र बोहरा /कार्तिक २६ बझाङ ।
निर्वाचन आयोगले बझाङका लागि शनिवार हेलीकप्टरबाट मतपत्र र मतपेटिका सहितका निर्वाचन सामग्री जिल्ला सदरमुकाम चैनपुर पु¥याएको छ । मंसिर १० गते हुने निर्वाचनका लागि सेनाको हेलिकप्टरबाट सामग्रीहरु जिल्ला पु¥याइएका हुन् ।जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत धुर्व कुमार भन्डारी अनुसार निर्वाचनका लागि आवश्यक सबै सामान आइपुगेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि १ र प्रदेशसभा सदस्यका लागि बझाङमा २ निर्वाचन क्षेत्र छन् । जिल्लाभर १सय ६० वटा मतदान केन्द्र रहेका छन् ।बदर मत घटाउन सामुहिक रुपमा मतदाता शिक्षा दिईने बझाङमा मतदाता शिक्षा कार्यक्रम सुरु गर्नका लागि छनोट भएका मतदाता कार्यकर्ताहरुलाई प्रशिक्षण सुरु कार्यक्रम हिजो वाट सुरु भएको छ ।
मंसीर पहिलो चरण अन्तरगत हुने प्रतिनिधि सभामा मतदान गर्ने तरिका सिकाउन र मत वदरलाई घटाउनका लागि मतादाता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएर मतदाताको माझमा पठाउने तयारी थालिएको हो । अघिल्ला निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको र वदर मतको संख्यालाई कम गर्नका लागि यसपाली नयाँ रुपमा मतदाता शिक्षा अगाडी वढाईने भएको छ ।
एक मतदान केन्द्रमा एक जनाको हिसावले १ सय ६० जना मतदाता स्वयम सेवक छनौट गरिएकोमा उनीहरुलाई मतदान गर्ने तरिका सिकाउने काम थालिएको निर्वाचन अधिकृत धुर्व भन्डारीले बताउनुभयो ।निर्वाचन कार्यालय २ जना प्रशिक्षक मार्फत मतदाता शिक्षा कार्यकर्ताहरुलाई मतदान गर्ने तरिका सिकाईरहेको छ । मतादाता शिक्षा दिनका लागि सामाजिक परिचालक, स्थानीय स्तरमा रहेका विद्यालयका शिक्षक कमचार्री भएकालाई तालिम दिएर मतदातालाई मत हान्ने तयारी सिकाउन कार्यक्षेत्रमा खटाईन थालेको हो ।