बैतडिमा बस दुर्घटना हुँदा तीनको मृत्यु ,३६ घाइते (नामावली सहित )

बैतडिमा बस दुर्घटना हुँदा तीनको मृत्यु ,३६ घाइते (नामावली सहित )

  • आइतवार, कार्तिक २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

 

बैतडी, २६ कात्तिक ।

बैतडीको मेलौलीबाट भीमदत्तनगरका लागि छुटेकोे यात्रुबस भीमदत्त राजमार्गमा आज बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बैतडी, शिवनाथ गाउँपालिका– ६ की ६४ वर्षीया झुन्टीदेवी चन्द, पञ्चेश्वर गाउँपालिका– ४ की २४ वर्षीया कविता तिवारी र पाटनकी १९ वर्षीया रेवती भाट रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाकाे कैलालीको पद्मा अस्पातालमा उपचार भइरहेको छ भने चिन्ताजनक अवस्थामा रहेका दुई जनालाई भारतको हल्दवानी पठाइएको छ । भारत पठाइएकामा कञ्चनपुर, भीमदत्तनगर गोवरैयाका ५० वर्षीय रामदास र १५ वर्षीय सन्तोष दास रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको परिचय खुल्न सकेको छैन ।

शनिबार बैतडीको मेलौलीबाट भीमदत्तनगरका लागि छुटेको पवनदूत यातायातको ना ७ ख २७२३ नं को बस भीमदत्त राजमार्गको चुरे गाउँपालिका– ३ धपेनीमा आज बिहान ५ बजे दुर्घटनामा भएको हो ।
बस चालक पनि गम्भीर घाइते भएकाले बस दुर्घटनाको कारण खुल्न नसकेको दुर्घटनास्थलमा खटिनुभएका इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडक छेउका पिल्लर तोडेर बस घुम्तीबाट १०० मिटर तल खसेको छ । ”

घाइते
१) बैतडीको विशालपुर ९ का २१ वर्षीय सुरेश ओझा
२) बैतडी ४ आमचौरका १३ वर्षीय सुरज सिंह हलदाल
३) बैतडी १ मेलौलिका २२ वर्षीया विना खजी,
४) बैतडी १ मेलौलीकै ४५ वर्षीय प्रताप भट्ट
५) प्रतापका छोरा १८ वर्षीय गणेश भट्ट
६) बैतडी ५ शिवनाथका ५१ वर्षीय मधु धनाडी
७) सोही ठाउँका ५७ वर्षीय शिव सिंह धनाडी
८) २१ वर्षीय भीम धनाडी
९) १४ वर्षीय सुरज धनाडी
१०) बैतडी ७ मेलौली का २२ वर्षीय भोजराज भट्ट
११) सोही ठाउँका १८ वर्षीय दिपक भट्ट
१२) कञ्चनपुरको बनखेतकी २२ वर्षीया मनिसा धनाडी
१३) कञ्चनपुरकै दोधारा चादनीकी २४ वर्षीया सुनिता ओड
१४) सोही ठाउँका २० वर्षीय सुरेश पहरी
१५) ५ वर्षीय अमित पहरी
१६) ७ वर्षीया अञ्जली पहरी
१७) बैतडी ४ पञ्चेश्वरका २१ वर्षीय महादेव तिवारी
१८) बैतडीको मेलौली ६ का १८ वर्षीय प्रकाश भट्ट
१९) मेलौली ७ का २६ वर्षीय गौरव सिंह भाट
२०) उदयदेव ३ का २६ वर्षीय डम्मर सिंह
२१) मेलौली ७ का ५२ वर्षीया गनरी पार्की
२२) कञ्चनपुरको दोधारा चादनीका २३ वर्षीय किरण धनाडी
२३) सोही ठाउँका कविर धनाडी
२४) बैतडीको शिवनाथ ५ का ४० वर्षीय अर्जुन साउद
२५) मेलौली ७ का ४५ वर्षीय हिक्मत भट्ट
२६) दोधारा चादनीका २४ वर्षीय नैनसिंह धनाडी
२७) बैतडीका १९ वर्षीय शंकर सिंह
२८) पाटन नगरपालीका ५ का ४० वर्षीय गगन सिंह ठगुन्ना
२९) कञ्चनपुरको कृष्णपुर २ वाणीका ४७ वर्षीय गणेश दत्त भट्ट
३०) कञ्चनपुरको बनखेतका १४ वर्षीय संतोष दास
३१) सोही ठाउँका ५० वर्षीय राम दास
३२) बैतडीको मेलौली १ का ३० वर्षीय प्रारसिया साउद
३३) शिवनाथका २५ वर्षिय दिपक चन्द
३४) कञ्चनपुरको वनखेतका ४२ वर्षिय मानसिंह धनाडी
३५) मेलौली १ कि सरस्वती साउद
३६) शिवनाथ ५ का ३० वर्षीय रगविर साउद रहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ