मकवानपुरमा स्थानीय र प्रहरीको झडप, प्रहरीले गर्‍यो हवाई फायरिङ

मकवानपुरमा स्थानीय र प्रहरीको झडप, प्रहरीले गर्‍यो हवाई फायरिङ

  • आइतवार, कार्तिक २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

हेटौंडा ,२६ कार्तिक ।  पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको नेवारपानीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । प्रहरीले शनिबार राति झडप हुँदा प्रहरीले हवाई फायरिङ गरेको छ ।

स्थानीयवासी र नेवारपानी प्रहरी चौकीका प्रहरीबिच भएको झडपका क्रममा प्रहरीले चार राउण्ड हवाई फायरिङ गरेको हो ।स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी दिलिप झाले बताए । प्रहरीले स्थानीय र वनभोजमा आएका व्यक्तिहरुको झगडा छुटाउने क्रममा एक युवतीलाई संवेदनशील अंगमा पर्ने गरी कुटपिट गरेको स्थानीयको आरोप छ ।

झडपका क्रममा स्थानीयले चौकीमा सामान्य तोडफोड गरेका छन् । तोडफोडबाट फर्निचरका साथै सिसाहरु फुटेको प्रहरी प्रवक्ता झाले बताए । झडपपछि केही समय चक्काजाम समेत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ