इटहरीलाई प्रदेश एकको राजधानी बनाउन माग

इटहरीलाई प्रदेश एकको राजधानी बनाउन माग

  • शनिबार, कार्तिक २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

इटहरी, २५ कात्तिक । प्रदेश एकको राजधानीका लागि आवश्यक सम्पूर्ण पूर्वाधारसहित प्रदेशवासी सवैको केन्द्र भागमा सुगमता समेतमा रहेको इटहरीलाई केन्द्रबिन्दु बनाएर घोषणा गर्न दबाब दिनका लागि आज इटहरीमा बृहत् प्रदर्शन गरिएको छ ।

इटहरीदेखि करिब २० किलोमिटर क्षेत्रमा पर्ने पूर्वपश्चिम उत्तर र दक्षिणका भू–भागलाई समेटेर इटहरीलाई प्रदेशको राजधानी बनाउन उपयुक्त स्थानका रुपमा छनोट गर्नु वैज्ञानिक हुने भन्दै यहाँका सम्पूर्ण राजनीतिक दल, व्यापारी ,बुद्धिजीवी ,सञ्चारकर्मी ,उद्योगी र सर्वसाधारण एवं नागरिक समाजसमेतले त्यसमा ऐक्यबद्धता जनाउँदै प्रदर्शनमा सहभागिता जनाएका छन् । इटहरी उपमहानगरपालिकाको प्राङ्गणमा भेला भएर निक्लिएको बृहत् दबाब ¥यालीले उपमहानगरको मुख्यमुख्य स्थानको परिक्रमापछि चोकमा आएर दबाब ¥याली कोणसभामा परिणत भएको थियो ।

बृहत् ¥यालीमा ठूला राजनीतिक दलका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारसमेतको सक्रिय सहभागिता रहेको थियो । प्रदेशको राजधानी इटहरीलाई घोषणा गर्न निकालिएको ¥यालीपछि भएको कोणसभामा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्यकी नेकपा(एमाले)का उम्मेदवार भगवती चौधरीले पार्टीद्वारा यसअघि नै इटहरी प्रदेश राजधानीका रुपमा स्वीकार गरी सकिएकाले त्यसमा आफूले के गर्दा सहजता हुन्छ त्यसका लागि आफू तयार भएको बताउनुभयो ।

कोणसभामा नेपाली काँग्रेसका क्षेत्र नम्बर २ को प्रदेशसभा क का उम्मेदवार हेमकर्ण पौडेल, एमालेका तर्फबाट प्रदेशसभाकै क क्षेत्रका उम्मेदवार एव)ं इटहरीका पूर्वप्रमुख सर्वध्वज सावाँ, क्षेत्र ३ क का उम्मेदवार लिलम बस्नेतलगायतले पनि इटहरी प्रदेश १ को राजधानीका रुपमा उचित र सबैका लागि पायक पर्ने र मावन सम्यताका दृष्टिकोणले पनि सबैका लागि मान्ने हुने भएकाले आफूहरू तयार रहेको कुरामा जोड दिनुभयो ।

कोणसभामा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी, पूर्वसांसद सुनिता परियार, कल्पना चौधरी, नागरिक समाजका अध्यक्ष कमलेश शर्मा पौडेल, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टलगायतले पनि इटहरीलाई राजधानी घोषणा गराउन राज्यलाई जे जस्तो दबाब दिन गरिने कार्यक्रममा सक्रिय रहने प्रतिबद्धता जाहेर गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ