२५ कात्तिक,सप्तरी । नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्यूरोले चुनाव खारेजी अभियानलाई तीब्र पारेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार दोस्रो चरणमा अन्तरगत नेकपाका कार्यकर्ताहरुले उम्मेदवारको घरमा कालो झण्डा गाडिरहेका छन् ।
यसैबीच सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका दुई उम्मेदवारको घरमा कालो झण्डा गाडेका छन् । नेकपा एमाले र माओवादी केन्द्रका संयुक्त उम्मेदवार उमेशकुमार यादव र स्वतन्त्र जयप्रकाश ठाकुरको घरमा शुक्रबार राति कालो झण्डा गाडेका हुन् ।
‘दलाल संसदीय व्यवस्था मूर्दावाद’ लेखिएको व्यानरसहित घरको गेटमा कालो झण्डा गाडिएको छ । चुनाव खारेज अभियानको तेस्रो चरणको तयारी भइरहेको नेकपा सप्तरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline