काठमाडौँ, २५ कात्तिक।
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको ९१ वर्षको उमेरमा आज निधन भएको छ ।
नेपालका वरिष्ठ राजनीतिज्ञ विष्टको शनिबार आफ्नै निवासमा ९० वर्षको अमेरमा निधन भएको हो ।
बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । लामो समयदेखि अस्वस्थ रहनुभएका पूर्वप्रधानमन्त्री विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।
वि.सं.१९८३ माघ २ गते काठमाडौंको ठमेलमा जन्मनु भएका बिष्ट तीनपटक प्रधानमन्त्री र एकपटक मन्त्रिपरिषद्को उपाध्यक्ष बनेका थिए । उनी वि.सं.२०२५ चैत २५ गतेदेखि वि.सं.२०२६ चैत ३१ गतेसम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।
त्यस्तै, वि.सं.०२८ वैशाख १ गतेदेखि वि.सं.२०३० साउन १ गतेसम्म दोस्रोपटक र ३० वैशाख ०३४ देखि १६ जेठ ०३६ सम्म तेस्रोपटक प्रधानमन्त्री बनेका थिए ।
दोस्रोपटक प्रधानमन्त्री रहेको समयमा २५ असार ०३० सालमा सिंहदरबार आगलागी भएपछि नैतिकताका आधारमा उनले राजीनामासमेत दिएका थिए । १९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि उनी मन्त्रिपरिषद्का उपाध्यक्ष बनाइएका थिए ।
आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।