अध्यक्ष ओलीमाथि घरमै गोली प्रहार , आक्रमणकारीको खोजी कार्य तिब्र

अध्यक्ष ओलीमाथि घरमै गोली प्रहार , आक्रमणकारीको खोजी कार्य तिब्र

  • शुक्रबार, कार्तिक २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

२४ कात्तिक,कोहलपुर । चुनावको मुखमा जनप्रतिनिधिमाथि गोली प्रहार भएको छ ।

बाँकेको राप्ती–सोनारी गाउँपालिका–९ का वडा अध्यक्ष महावीर ओलीमाथि गोली प्रहार गरेको हो । निर्माण व्यवसायी समेत रहेका वडा अध्यक्ष ओलीमाथि कोहलपुरस्थित घरमै गोली प्रहार भएको प्रहारले बताएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार अज्ञात समूहले विहीबार राति ९ बजे भौतिक आक्रमणपछि गोली प्रहार गरेको थियो । पेस्तोलले हानेको गोली ओलीको शरीरमा भने नलागेको बताइएको छ । उक्त समूहले सुरुमा ओलीलाई लछारपछार समेत गरेको थियो ।

ओलीको आफ्नै घरमा नागरिक अस्पताल छ । अस्पतालको सटर बन्द गर्ने क्रममा आफुमाथि गोली प्रहार भएको तर पेस्तोल फायर नभएका कारण बाँचेको अध्यक्ष ओलीले बताए ।

घटनास्थल इलाका प्रहरी कार्यालय कोहलपुरबाट एक सय मिटरको दुरीमा छ । आक्रमण पछि घटनामा संलग्नहरु मोटरसाइलक चढेर भागेको ओलीले बताए ।अहिले आक्रमणकारीको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएके छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ