काठमाडौं , २४ कार्तिक ।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले विधि–कानुनको खिल्ली उडाउनु, अराजक बन्नु, साँढे बन्न खोज्नु पत्रकारिता नभएको प्रतिक्रिया दिनुभएको छ ।
प्रेस काउन्सिलको आयोजनामा आ भएको साइवर अपराध र सञ्चारमाध्यम बिषयक अन्तत्र्रिmयामा बोल्दै उहाँले राज्य बनाएको कानुन र काउन्सिलले तयार पारेको आचार संहिता पालना नगरे त्यहीबाट स्वतन्त्रताको उल्लघंन हुने बताउनु भयो ।
प्रेस काउन्सिल ऐन, २०४८ अनुसार पत्रकारिताको बिषयवस्तुको अनुगमन गर्ने, उजुरी उपर सुनुवाई गर्ने र न्याय दिने निकाय भएकोले काउन्सिलका निर्णयमा मन्त्रीले रोक्न, अदालतले रोक्ने काम जायज नहुुने पनि अध्यक्ष श्रेष्ठको तर्क थियो ।
केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख डिआईजी पुस्कर कार्कीले उच्च ओहोदाका व्यक्ति, सेलीब्रेटीका व्यक्तिगत बिषयमा देश तथा विदेशबाट सञ्चालित अनलाइन पोर्टलबाट सार्वजनिक बेइज्जत, लाञ्छना लगाउने गरी बिषयबस्तु प्रसारित हुने गरेको र त्यस्ता अतिरञ्जित बिषयमा कानून बमोजिम आवश्यक छानविन गरिने गरेको भन्दै साइवर कानून संशोधन गर्नु अत्यावश्यक रहेको बताताउनु भयो ।
केशको प्रकृति हेरेर पत्रकारिताको दायराभित्र नवस्नेलाई आवश्यक कारवाही हुने उहाँको भनाई छ ।
अन्तिरक्रियामा सहभागी पत्रकारहरुले अनलाइनप्रति विश्वास गुम्दै गएको, यसको उचित व्यवस्थापन आवश्यक रहेको विषयमा ध्यानाकर्षण गराएका थिए। प्रविधिले ठूलो छलाङ लगाएको र त्यो स्तरमा वहस हुनु पर्ने, अनलाइन पत्रकारिता र साइवर क्राइम फरक भएको उनीहरुको भनाई छ ।
प्रेस काउन्सिल नेपालका सदस्य इश्वरीप्रसाद ओझाले कान्छो पुस्ता अनलाइन सशक्त माध्यम भएको र यसलाई व्यवस्थित र मर्या्दित गर्नका लागि राज्यले बनाएको कानून र पत्रकार आफैंले निर्माण गरेको आचारसंहिताको अक्षरस पालना गर्नु पर्नेमा जोड दिनुभयो ।
सोहीे अवसरमा प्रेस काउन्सिलका मिडिया अनुगमनकर्ता टिकाराम सुनारले काउन्सिलको कामकारवाही सम्वन्धि कार्यपत्र प्रस्तुत गरेको थियो।


