अरुले कुरा गर्छ–नयाँ शक्तिले पूरा गर्छ : हिसिला यमी

अरुले कुरा गर्छ–नयाँ शक्तिले पूरा गर्छ : हिसिला यमी

  • शुक्रबार, कार्तिक २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

 

कार्तिक २५,काठमाडौ/    नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले आफ्नो पार्टीले अरु जस्तो कुरा मात्र गर्ने नभई पुरागर्ने प्रतिबद्दता जनाएको छ । बिहिबार नेवाः राष्ट्रिय परिषद केन्द्रिय तदर्थ समितिले आयोजना गरेको आसन्न निर्वाचन बहस कार्यक्रममा नेतृ यमीले उक्त कुरा गरेकी हुन्।
नेतृ यमीले विशेष गरि नयाँ शक्ति नेपाल पार्टी नयां नेपालको निर्विकल्प पार्टी भएको दावी गर्दै आफूलहरुले विकास मात्र होइन, दिगो विकास गरिनु पर्दछ र त्यसमा पनि समावेशी सहितको विकास भन्ने कुरामा जोड दिएर अगाडि बढ्नुक साथै नेपाल बहुभाषिय मुलुक भएको कारण भाषिक समानता तथा न्यायको लागि आफ्नो पार्टी क्रियाशील रहेको समेत नेतृ यमीले भनेकी छन्।

कार्यक्रममा नयाँ शक्ति नेपालले काठमाडौ उपत्यकामा बनाइएको उम्मेदवारहरु राकेश मास्के, अनुपसिंह सुवाल, लक्ष्मीकुमारी श्रेष्ठ,शारदा मल्ल, भीम महर्जन, निर्मला कटुवाल, पंच महर्जन, राजु महर्जन लगायतका एक दर्जनभन्दा बढीको परिचय गराइएको थियो। आयोजक नेवा राष्ट्रिय परिषदले दुनियाँमा कही पनि नंबरवाट प्रदेशको नामाँकरण गरिएको नभएको तर, नेपालमा मात्र गरिएकोमा घारे आपति जनाएको छ।

नेपालको ३ नंबर प्रदेशमा नेवार र तामाङहरुको बाहुल्यता रहेकोले यस प्रदेशलाई नेवाः–ताम्सिलिङ प्रदेश घोषणा गरिनु पर्दछ भनेर माग गरेको छ। काठमाडौ उपत्यकाको इतिहास तथा धरोहरलाई निमिट्यान पार्ने गरेर गरिदैआएको अतिक्रमण तथा सडक विस्तार विरोधको चर्को आवाज उठाएर यसलाई व्यवस्थित गर्ने मुद्दा उठाउने उम्मेदवारहरुलाई नै मतदान गर्न समेत नेवाः राष्ट्रिय परिषद केन्द्रिय तदर्थ समितिले आव्हान गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ