भालुको आक्रमणबाट एकजना गम्भीर घाइते

भालुको आक्रमणबाट एकजना गम्भीर घाइते

  • शुक्रबार, कार्तिक २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

सोलुखुम्बु, कात्तिक २४ । सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका–७ गार्मा नाजिङका ३५ बर्षीय टीकाबहादुुर लामिछाने भालुको आक्रमणबाट घाईते भएका हुन् ।

लामिछानेलाई बिहीबार अपरान्ह दुई भालुले एकैपटक आक्रमण गरेका थिए । जङ्गलमा सोतर सोर्ने क्रममा उनलाई भालुले आक्रमण गरेको बताइएको छ ।

घाइते लामिछानेको घाँटी, आँखा र खुट्टाको फिलामा गम्भिर चोट लागेको स्थानीय पासाङकाजी शेर्पाले जानकारी दिए । उनको जिल्ला अस्पताल फाप्लुमा उचार भईरहेको छ भने थप उपचारका लागि राजधानी लैजाने तयारी भइरहेको छ ।

यसअघि पनि सोलुखुम्बुमा भालुको आक्रमणबाट वर्षेनि केही व्यक्ति घाईते हुने गरेका छन् । जिल्लाको नगरपालिका तथा आसपासका क्षेत्रमा भालुको आतंक बढ्दै गएपछि स्थानीयमा त्रास छाएको छ । स्थानीयहरुले भालुको आतंक बढेपछि यसको नियन्त्रणका लागि नगरपालिकामा निवेदनसमेत दिने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ