स्थानीय तहमा खटाएका ४५ उपसचिवको काज फिर्ता

स्थानीय तहमा खटाएका ४५ उपसचिवको काज फिर्ता

  • बिहिबार, कार्तिक २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, २३ कात्तिक । सामान्य प्रशासन मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत स्थानीय तहमा काजमा खटिएका ४५ उपसचिवको काज फिर्ता गरेको छ ।
काजमा खटाइएको एक महिना नबित्दै उक्त मन्त्रालयले ११७ उपसचिवमध्ये ४५ जनाको काज फिर्ता गराएको स्थानीय विकास मन्त्रालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत रवीन्द्रजंग थापाले बताउनुभयो । “हामीले स्थानीय तहको जिम्मेवारीसहित तोकेर पठाउने तयारीमा थियौँ”, उहाँले भन्नुभयो, “तर सामान्यले काज फिर्ता गरेपछि पठाउन पाएनौँ ।”
नगरपालिकाका लागि कार्यकारी प्रमुख भनेर पठाउन थालिएका ती कर्मचारीको काज फिर्ता भएपछि ती नगरपालिकामा अहिले निमित्तको भरमा काम भइरहेका छन् ।
सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले ४५ उपसचिवको विशेष परिस्थितिका कारण काज फिर्ता गरिएको बताउनुभयो । “अशक्त, अपाङ्ग र अवधि नपुगेका कर्मचारीको काज फिर्ता गरेका हौँ”, उहाँले भन्नुभयो, “फिर्ता गरिएका ठाउँमा नयाँ कर्मचारी पठाउने तयारी भइरहेको छ ।” सामान्यले स्थानीय तह सञ्चालनका लागि अहिलेसम्म ११७ उपसचिव र ८० जना शाखाअधिकृत पठाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ