२३ कात्तिक,सल्यान । नेकपा एमाले र माओवादी केन्द्रबीच भएको चुनावी तालमेललाई चुनौती दिँदै बागी उम्मेदवारी दर्ता गराएको नेताहरुलाई माओवादी केन्द्रले कारवाही गरेको छ ।
पार्टीका पोलिट्ब्युरो सदस्यसहित ९ जना कारवाहीमा परेका छन् । माओवादी केन्द्रका ९ जना नेतालाई पार्टीले कार्वाही प्रतिनिधि सभा सदस्यका बागी उम्मेदवार उमाकान्त शर्मा र प्रदेश सभा सदस्य उम्मेदवार भिम प्रकाश शर्मा र जित बहादुर पुनसँगै उनका समर्थक तथा प्रस्तावकलाई पार्टीले कारवाही गरेको हो ।
पार्टी अध्यक्ष प्रचण्डले विहीबार एक विज्ञप्ति जारी गरेर पार्टीको सदस्यता नरहेन गरी कारवाही गरेका हुन् । कारवाही पर्ने अन्य केन्द्रीय सदस्यहरुमा प्रमोद श्रेष्ठ, शालिकराम भट्टराई, सेतिराम ओली, हरिलाल डिसी, टंक ढकाल र कृतिबहादुर राना रहेका छन् ।
त्यस्तै उता हुम्लाका बागी उम्मेदवार छक्कबहादुर लामालाई पनि माओवादी केन्द्रले कारवाही गरेको छ ।