नेपाली सेनाका जवानको हत्या प्रयास , अर्धचेत अवस्थामा भेटिए

नेपाली सेनाका जवानको हत्या प्रयास , अर्धचेत अवस्थामा भेटिए

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

महोत्तरी २२ कात्तिक ।

नेपाली सेनाका एक जवान अर्धचेत अवस्थामा फेला परेका छन् ।

महोत्तरीको गौशाला नगरपालिका–८ स्थित जगलमा भेटिएका २५ वर्षिय बिजयकुरमा महतो सर्लाहीको नवलपुरस्थित नेपाली सेनाको पाँचकुमारी ब्यारेकमा कार्यरत जवान हुन् ।

गौशाला–८, बेलगाछीका उनि अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिनुभयो ।

दुई दिनको छुट्टीमा घर आएका महत्तो आइतबार आफू कार्यरत रहेको स्थान पाचकुमारी ब्यारेकतर्फ हिडेपनि अबसेरसम्म नपुगेपछी खोजी सुरु गरिएको थियो ।

प्रहरीले महत्तोलाई सागरनाथ वन परियोजनाको जगलमा ३ दिन पछि फेला परेको हो । महत्तोका परिवारजनले बुधबार मात्र महत्तो कार्यरत स्थानमा नपुगेको र हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

खबर गरे लगत्तै प्रहरी र आफन्तजनले महत्तोको खोजी कार्य तीब्र पारेको थियो । महत्तोलाई प्रहरी र स्थानीयवासीले परियोजनाको जङ्गलस्थित एक खोल्सामा बालुवामा भासिएको अवस्थामा अर्ध चेत अवस्थामा फेला पारेका थिए ।

अहिले उनको बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ ।

कसैले कुटपिट गरी हत्याको प्रयास गरेको हुनसक्ने आशंकामा प्रहरीले घटनाको अनुसन्धान थालेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ