पूर्वराष्ट्रपति यादवको घरभाडा तिर्न भारतबाट आयो चेक

पूर्वराष्ट्रपति यादवको घरभाडा तिर्न भारतबाट आयो चेक

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

२२ कात्तिक,काठमाडौं । पूर्वराष्ट्रपति रामबरण यादव आफ्नो निजी घर भाडामा दिएर सरकारी सुविधाको घरमा बस्दै आएका छन् । सरकारले उपलब्ध गराएको घरको भाडाको किचलो पटक पटक हुँदै आएको छ ।

घरभाडा नतिरेको भन्दै घरभेटीले १५ दिने सार्वजनिक सूचना प्रकाशित नै गरेर घर खाली गर्न भनेका छन् । यादवले सरकारसँग भाडा मागिरहेको बेला भारतबाट एक नेपालीले घरभाडा स्वरुप एक हजार भारतीय रुपैयाँ पठाएका छन् ।

युनाइटेड मधेशी, नयाँ दिल्लीका पूर्व महासचिव उमेश कुमार साहले भारतीय स्टेट बैंकको एक हजारको चेक यादवको खातामा जम्मा हुने गरी काटेका छन् । नोभेम्बर ११ अर्थात अाजैको मितिमा काटिएको चेक सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

सरकारले पहिलो राष्ट्रपतिलाई घर भाडाको विवादबाट बदनाम गर्न खोजेकाले आफूले सांकेतिक सहयोग गरेको बताए ।


साहले मधेशी, थारु, जनजातिलाई पनि घर भाडा उठाएर सहयोग गर्न आह्वान गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ