कारागार प्रमुखको क्षेत्रीय गोष्ठी शुरु

कारागार प्रमुखको क्षेत्रीय गोष्ठी शुरु

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

पोखरा, २२ कात्तिक ।
मध्यमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रका कारागार प्रमुखहरूको क्षेत्रीय गोष्ठी आजदेखि पोखरामा शुरु भएको छ ।

‘कारागार व्यवस्थापन सूचना प्रणाली र क्षमता अभिवृद्धि तथा सशक्तीकरण’ विषयक तीनदिने सो गोष्ठीमा ३५ जिल्लाका कारागार प्रमुखहरूको सहभागिता रहेको छ ।

कारागार व्यवस्थापन विभागको आयोजना तथा युरोपियन युनियन र ह्याण्डीक्याप इन्टरनेशनको सहयोगमा आयोजित गोष्ठीमा कारागारलाई बन्दीगृहबाट सुधार गृहमा रुपान्तरण, यातनारहित मानवअधिकारमैत्री तथा बन्दीको आयआर्जनका कामका सम्बन्धमा सुझाव संकलन गर्ने उद्देश्यले रहेको छ ।

ती दुई विकास क्षेत्रमा रहेका कारागारमा ११ हजारभन्दा बढी बन्दी भएको कार्यक्रममा जानकारी गराइएको थियो । उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडालले गोष्ठीको उद्घाटन गर्दै कारागार शाखाका भवनहरू जीर्ण र क्षमताभन्दा बढी बन्दी राख्नुपर्ने अवस्था रहेकाले कारागारलाई सुधार गृहका रूपमा परिणत गर्न गोष्ठीमा महत्वपूर्ण सुझाव आउने विश्वास व्यक्त गर्नुभयो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले कारागार शाखामा कर्मचारी सरुवा भएर जानै नमान्ने र गएका पनि हीनताबोध गरेर बस्ने स्थितिको अन्त्य गर्न विभागले कर्मचारीलाई आकर्षित गर्न रासन भत्ता र आवासको सुविधा उपलब्ध गराउन लागेको जानकारी गराउनुभयो ।

उहाँले गोष्ठीमा कारागार सुधार, व्यवस्थित सूचना प्रणाली, बजेट निकासा, बेरुजु र फस्र्यौट र भौतिक संरचनाका बारेमा छलफल हुने बताउनुभयो ।

कार्यक्रममा पश्चिमाञ्चलका सह–क्षेत्रीय प्रशासक बाबुराम गौतम, सहायक प्रजिअ गुरुदत्त ढकाल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, विभागका निर्देशक गणेशप्रसाद भट्टराई र शाखा अधिकृत दीपकप्रसाद न्यौपानेलगायतका वक्ताहरूले गोष्ठीको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ