नेकपाले गाड्यो उम्मेदवारको घरमा कालो झण्डा, सुरक्षाका लागी प्रहरी परिचालन

नेकपाले गाड्यो उम्मेदवारको घरमा कालो झण्डा, सुरक्षाका लागी प्रहरी परिचालन

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाण्डौ , २२ कार्तिक ।

नेपाल कम्युनिष्ट पार्टीले वाम गठबन्धनका उमेदवारको घरमा कालो झण्डा गाडेको छ । प्रदेशसभा तर्फ ताप्लेजुङ (ख)का उमेदवार टंक आङबुहाङको साविकको चाँगे गाविसमा रहेको घरमा कालोझण्डा गाडेको नेकपा ताप्लेजुङले जनाएको छ ।

यस अघि विज्ञप्ति प्रकाशित गरी उमेदवारी फिर्ता गर्न सबैलाई आग्रह गदार्् ्पनी अटेर गरेपछ््् िझण्डा गाडिएको नेकपा जिल्ला ईन्चाज अशिषले जानकारी दिनुभयो ।

नेकपाले उम्मेदवारी फिर्ता नलिएको भन्दै चेतावनीस्वरुप झण्डा गाडेपछि सो क्षेत्रको सुरक्षा ब्यावस्था कडा पारेको छ ।

प्रमुख जिल्ला अधिकारी मोहन जीसीले आङ्बुहाङको घरमा कालो झण्डा गाडेको जानकारी आएकोले सो स्थानमा प्रहरी परिचालन गरिएको बताउनुभयो ।

उता , प्युठानमा पनि नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेजी अभियानलाई तीव्रता दिएको छ ।

जिल्लाका बिजुवारलगायत अधिकांश गाउँहरुमा उम्मेदवार तथा चुनावको प्रचार टोलीहरु पुग्नुभन्दा पहिलै चुनाव खारेजीका नारा लेखिएका छन् ।

नेकपाको युवा संगठनका जिल्ला अध्यक्ष बमबहादुर बुढाले चुनाव खारेज अभियानलाई जिल्लाव्यापी बनाइएको बताउनुभयो । उहाँले आफ्नो अभियान दोस्रो चरणमा रहेको बताउनुभयो ।

‘पुरानै व्यवस्थालाई जनतामा लाद्न चुनाव गरिँदैछ, यही सन्देश जनतामा र्पुयाउन प्रचारात्मक कार्यक्रम भइरहेका छन्’ बुढाले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ