‘जोखन-जगत रत्गैया’ पत्रकारिता पुरस्कारबाट उन्‍नती सम्मानित

‘जोखन-जगत रत्गैया’ पत्रकारिता पुरस्कारबाट उन्‍नती सम्मानित

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 20.9K
    SHARES

२२ कात्तिक,धनगढी । थारु पत्रकार संघ नेपालले जोखन-जगत रत्गैया पत्रकारिता पुरस्कार पत्रकार कालिमैया चौधरी ‘उन्‍नती’लाई प्रदान गरेको छ । संघको हालै सम्पन्‍न छैठौं साधारण सभाबाट उक्त पुरस्कार प्रदान गरेको हो ।

जोखन रत्यैया थारुले २०२८ सालमा थारु भाषाको पहिलो पत्रिका ‘मुक्तिक डगर’ प्रकाशन सुरु गरेका थिए । त्यसैगरी जगत रत्यैया थारुले ‘त्रासन’ नामक थारु भाषाको अर्को पत्रिका प्रकाशन गरेका थिए । हालको कैलाली गाउँपालिका-३ रानामुढाका जोखन-जगत दुई दाजुभाइ हुन् ।

दुबै भाइको जनयुद्धको क्रममा तत्कालिन सुरक्षाकर्मीले हत्या गरेका थिए ।

क्रान्तिकारी पत्रकार संगठन नेपालकी केन्द्रीय सचिवालय सदस्य समेत रहेकी उन्‍नती चौधरीले २०६३  सालबाट पत्रकारिता सुरु गरेकी हुन् । सेम अाह्‍वान दैनिकबाट पत्रकारित सुरु गरेकी चौधरीले जनदिशा, जनादेश, मोर्निङ बेललगायत दर्जन भन्दा बढी संचारमाध्यममा काम गरिसकेकी छन् । त्यस्तै पत्रकार उन्‍नतीले थारु संस्कृति र थारु महिलाहरुको अधिकारको विषयमा गोरखापत्र, नागरिकलगायत पत्रिका कमल चलाउँदै अाएकी  महिलाकाे पक्षमा कलम चलाउँदै अाएकी छन् ।

पत्रकार चौधरी हाल ‘मुक्तिक डगर’ अनलाइनको कार्यकारी सम्पादक समेत छन् । पहिलो पटक स्थापना गरिएको उक्त पुरस्कारबाट उनी सम्मानित भएकी हुन् ।

साथै, साधारण सभाले उन्‍नती चौधरीलाई ७ नम्बर प्रदेशको संयोजकमा निर्वाचित गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ