बागी उम्मेदवारका लागी माओवादी केन्द्रले खोल्यो कार्यलय, यसरी हुँदै छ प्रचारप्रसार

बागी उम्मेदवारका लागी माओवादी केन्द्रले खोल्यो कार्यलय, यसरी हुँदै छ प्रचारप्रसार

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

२२ कात्तिक,सल्यान । माओवादी केन्द्र सल्यानले बागी उम्मेदवारी लागि छुट्टै चुनावी प्रचार तथा सम्पर्क कार्यालय खोलेको छ ।

नेकपा एमाले र माओवादी केन्द्रका अाधिकारिक उम्मेदवारलाई चुनौती दिँदै बागी उम्मेदवारी दिएको माओवादी केन्द्र सल्यानले चुनावी कार्यालय खोल्नुको साथै चुनावी कमाण्डर तोकेको हो । मंगलबार संघ र दुबै प्रदेश उम्मेदवारको लागि सम्पर्क कार्यालय खोलेको हो ।

त्यसैगरी चुनावी कमाण्डर पनि तोकेको छ । पार्टीका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकी ‘छाहारी’ सहितका जिम्मेवार नेताहरुले प्रचारप्रचार तथा परिचालनको जिम्मा लिएका छन् ।

जिल्लाभरीको प्रचार-प्रसारको नेतृत्व गरेका संयोजक छाहारीले प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार उमाकान्त शर्मालाई प्रचार तथा परिचालनको नेतृत्व लिएका छन् । प्रदेशको क टिकाराम ओली ‘दर्शन’ र ख मा ज्ञानबहादुर ओली ‘माइकल’ लाई चुनावी कमाण्डर बनाएको जिल्ला संयोजक बुढाथोकीले जानकारी दिए । त्यस्तै जितको लागि महत्वपूर्ण मानिकएको बागचौर नगरपालिकाको चुनावी कमाण्डर सेतीराम ओली ‘दिनेश’ लाई चुनावी कमाण्डर बनाइएको छ ।

प्रचारप्रसार कार्यालयको जिम्मा टंकप्रसाद शर्मा ‘सौगात’लाई दिइएको छ भने जिल्लामा कार्यरत केन्द्रीय सदस्य, जिल्लाका पदाधिकारीसहित १५० जनाको निर्वाचन परिचालन समिति बनाइएको माओवादी केन्द्र सल्‍यानले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ