​दरबारमार्गमा मन्त्रीकी छोरीकाे हंगामा !

​दरबारमार्गमा मन्त्रीकी छोरीकाे हंगामा !

  • मङ्लबार, कार्तिक २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ, २१ कात्तिक।

सस्तोमा किनेर महंगोमा सामान बिक्री गरेको आरोपमा प्रहरीले दरबारमार्ग क्षेत्रका ब्रान्डेड पसलका कर्मचारीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा केही रोचक तथ्य फेलापरेका छन् ।
उक्त प्रकरणको सुरुवात तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलकी छोरीबाट सुरु भएको रहेछ । उनकी छोरी जुत्ता किन्न दरबारमार्गस्थित बेन्टले पुगेकी रहिछिन् । उनले त्यहाँको सबैभन्दा महंगो जुत्ता रोजिन् । आखिर मन्त्रीकी छोरी न परिन् ।

सस्तो जुत्तामा कहाँ आँखा जान्थ्यो र ? उनले रोजेको जुत्ताको मोल सोध्दा २८ हजार रुपैयाँ भन्यो ।
उक्त जुत्ता किन्न उनले बुबासँग पैसा मागिन् । त्यसपछि मण्डल जुत्ताको मूल्य सुनेर अचम्ममा परे । ब्राण्डेड जुत्ताको मूल्य उनलाई थाहा थिएन । सोही कारण दरबारमार्गमा साह्रै महंगो ठानेर उनले आफैँ आएर छापा हानेको रहस्य खुलेको छ ।

गल्ती पत्ता लगाएर कारबाही गर्ने भन्दा पनि दुःख दिने नियतले मन्त्री मण्डलले छापा हानेको भन्दै व्यवसायीहरुले त्यसको विरोध गरिरहेका छन् । अनुसन्धानमा आबद्ध एक अधिकारीका अनुसार छोरीले महंगो जुत्ता किन्न लागेपछि त्यसैको रिसमा मन्त्रीले दरबारमार्गभरिका पसलमा छापा हानेको खुलेको छ ।
अनुसन्धानमा गोलचक्कर 
महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार ८ वटा पसलका १० जना प्रवन्धकलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेहरुमा ‘वाच एण्ड सि’ का राजेश्वर श्रेष्ठ, तिरुपती लिबर्टीका नन्द बिहानी, लेवल्स स्टोर प्रालिका जितेन्द्र महर्जन र सुवास महर्जन, एडभेन्चर आउटडोर गियर कम्पनीका रोशन ओडारी छन् । – दृष्टि साप्ताहिक

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ