राजश्व कार्यालयका कर्मचारीविरुद्ध मुद्दा

राजश्व कार्यालयका कर्मचारीविरुद्ध मुद्दा

  • सोमवार, कार्तिक २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

 

काठमाडौँ, २० कात्तिक। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय कम्प्युटर शाखामा कार्यरत रामकिशोर महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कानूनबमोजिम दर्ता भएको पसल बन्द गरी पाऊँ भनी सेवाग्राहीले दिएको निवेदनमाथि कारबाही गर्दा रु ५० हजार घुस माग्दा माग्दै आयोगको टोलीले केही समय पहिले उनलाई पक्राउ गरेको थियो । घूस प्रकरणमा संलग्नलाई हदैसम्मको कारबाहीको माग गरिएको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो ।

आयोगले आजै महानगरीय प्रहरी प्रभाग बालाजुका प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाटविरुद्ध पनि अदालतमा मुद्दा दायर गरेको छ । भाटलाई एक सेवाग्राहीसँग रु पाँँच लाख घूस मागेको अभियोग लागेको छ । अभियुक्त भाटले थुनामा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिने भन्दै घूस मागेको आयोगले जनाएको छ ।

घूस माग्ने प्रकरणमा सोही वृत्तका प्रहरी नायब निरीक्षक नवीनकृष्ण भण्डारी, इलाका प्रहरी कार्यालय फर्पिङका प्रहरी जवान पुष्करबहादुर शाह तथा आफूलाई प्रहरी बताउने विनोद थापासमेत संलग्न देखिएको अनुसन्धानबाट खुलेको छ । आयोगले सबै अभियुक्तलाई बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ