इन्डियन एयरलाइन्स जहाजबाट नकावधारी निस्किएपछि विमानस्थलमा खैलाबैला

इन्डियन एयरलाइन्स जहाजबाट नकावधारी निस्किएपछि विमानस्थलमा खैलाबैला

  • सोमवार, कार्तिक २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

२० कात्तिक,काठमाडौँ ।

नेपालको एकमात्र अन्तर्राष्ट्रि विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार विहान एक नकावधारी व्यक्ति देखा परे ।

केही दिनदेखि भारतीय सुटर नेपालमा पक्राउ भइरहेको समयमा इन्डियन एयरलाइन्सकै जहाजबाट नकावधारी व्यक्ति विमानस्थलमा देखा परेपछि सबै मुखामुख गर्न थाले । तर, उनी कुनै अपराधी व्यक्ति भने थिएनन् ।

नेपालमा हुन लागेको खेल खेल्न भारतीय रेस्लर यसरी नकावसहित विमानस्थलमा उत्रेका थिए । नेपाल रिङ्ग रेस्लिङ्ग संघ र डिसहोमको संयुक्त आयोजनमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय रिङ्ग रेस्लिङ्ग प्रतियोगिता आयोजना हुन लागेको छ ।

सोमबार विहान बिहान १०ः३० बजे इन्डियन एयरलाइन्सको विमानबाट ती रेस्लिङ खेलाडी विमानस्थलमा उत्रेका थिए ।

पत्रकारहरुले कुरा गर्न थालेपछि मात्र सर्वसाधारणहरुले उनी खेलाडी भएको थाहा पाए ।

यही कात्तिक २५ दशरथ रंगशालाको कभर्ड हलमा र २७ गते इटहरीको ठुलो जनता मा. वि.मा आयोजना हुन लागेको हो ।

उक्त प्रतियोगिमा नेपाल सहित अमेरिका, सिंगापुर, अष्ट्रेलिया, मलेसिया, भारत, रसिया र चेक रिपब्लिक गरि ८ देशका खेलाडिहरुले प्रतिस्पर्धा गर्दैछन् । यस प्रतियोगितामा फ्ल्याग् म्याच, सिंगल्स्, ह्याण्डीक्याप, रोयल रम्बल, ट्याग टिम महिला-पुरुष, हार्डकोर र थ्री वे कर्नर जस्ता इभेन्टहरु हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ