पूर्व राष्ट्रपति  यादवलाई घर छाड्न १५ दिने ‘अल्टिमेटम’

पूर्व राष्ट्रपति  यादवलाई घर छाड्न १५ दिने ‘अल्टिमेटम’

  • सोमवार, कार्तिक २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौँ,कात्तिक २० ।

पूर्व राष्ट्रपति डा.रामबरण यादवलाई अहिले बस्दै आएको घर छाड्न भनिएको छ । आज एक दैनिक पत्रिकामा सूचनामा १५ दिने म्यादसहित घर छाड्न निर्देशन दिइएको छ ।

राष्ट्रपति कार्यलयले घरभाडा र विजुलीको रकम नबुझाएको भन्दै यसरी घर छाड्न सूचना जारी गरिएको छ । पटक–पटक घर खाली गर्न सूचना दिदा पनि घर खाली नगरेको भन्दै घरबेटी रविभक्त विष्टले पत्रिकामा सूचना निनकाले यस्तो बताएका हुन् ।

मंसिर १ गतेसम्म घर खाली नगरे कानुन अनुसार अगाडि बढ्ने विष्टले निकालेको सूचनामा छ ।

पूर्व राष्ट्रपति यादव २०७२ साल कार्तिक १२ गतेदेखि ललितपुरको बागडोलस्थित विष्टको घरमा बस्दै आएका थिए ।

तर, गत श्रावण १ गतेदेखि घर वहाल सम्झौता नगरी बहाल रकम र विजुलीको विजल रकम समेत भुक्तानी नगरी राष्ट्रपति यादव जबरजस्ती घरमा बसिरहेको आरोप विष्टले लगाएका छन् ।

यसअघि पनि राष्ट्रपतिको आवासको विषयमा बेलाबेला विवाद आउने गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ