ट्रान्सफर्मर खरिद अनियमिततामा पूर्व मुख्यसचिवसहित तीन जनामाथि आयोगको छानबिन

ट्रान्सफर्मर खरिद अनियमिततामा पूर्व मुख्यसचिवसहित तीन जनामाथि आयोगको छानबिन

  • आइतवार, कार्तिक १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

 

काठमाडौँ, १९ कात्तिक ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिद प्रकरणमा अनियमितता भएको भन्दै पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलगायत तीन जनासँग वयान लिएको छ ।

आयोगले आज पूर्व मुख्यसचिव क्षेत्री, पूर्व ऊर्जासचिव विश्वप्रकाश पण्डित र बहालवाला सचिव अर्जुनकुमार कार्कीसँग बयान शुरु गरेको हो । आयोगका एक उच्च अधिकारीका अनुसार गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरी राज्यको स्रोत दुरुपयोग गरेको र कारबाही गर्नुपर्नेलाई जोगाउन परामर्शदाता नियुक्त गरी आयोगको काम कारबाही प्रभावित पार्न खोजेको अनुसन्धानबाट खुलेपछि पुनः वयानका लागि बोलाइएको हो ।

ट्रान्सफर्मर खरिदमा रु तीन करोडभन्दा बढीको भ्रष्टाचार भएको अनुसन्धानबाट खुलेको थियो । सो विषयमा आयोगले प्राधिकरणका केही अधिकारीमाथि यसअघि नै मुद्दा चलाएइको थियो । विशेष अदालतमा कायम रहेको मुद्दालाई प्रभावमा पार्न परामर्शदाता नियुक्त गरी भ्रष्टाचारजन्य गतिविधिलाई सहयोग गरेको आयोगको भनाइ छ ।

तत्कालीन ऊर्जा सचिवको हैसियतले क्षेत्री, पण्डितलाई बयानका लागि बोलाइएको जानकारी दिँदै आयोगले कार्कीलाई भने प्राधिकरणको पूर्व कार्यकारी निर्देशकको हैसियतले बयानका लागि बोलाइएको जनाएको छ ।

आयोगका अनुसार २०७० साल भदौ २९ गते ट्रान्सफर्मर अनियमितता प्रकरणका मुद्दा चलाउने भनी आयोगले निर्णय गरेको थियो । सो निर्णयलगत्तै प्राधिकरणले मध्यस्थता गरी आयोगले गरिरहेको काम प्रभावित पार्न खोजेको र विवादित निर्णय गराई रु तीन करोड हाराहारीमा अनियमितता गरेको ठहर गरिएको आयोगका अधिकारीले जानकारी दिनुभयो ।

ती अधिकारीका अनुसार ट्रान्सफर्मर खरिदका क्रममा भएका विषयलाई प्रस्ट रुपमा आयोगलाई जानकारी नगराए वा आयोगले सोधेको प्रश्नको वस्तुनिष्ट उत्तर नदिए तीनै जनामाथि भ्रष्टाचारको मुद्दा चल्नेछ ।

अकूत सम्पत्ति कमाएकामा चार जनामाथि छानबिन

यस्तै आयोगले अकूत सम्पत्ति कमाएको आरोपमा नेपाल प्रहरीका पूर्व महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सरकारका सचिव गजेन्द्र ठाकुर, काठमाडौँ महानगरपालिकाका उच्च सुरक्षा अधिकृत (डिएसपी)का रुपमा कार्यरत धनपति सापकोटा र राजुनाथ पाण्डेसँग बयान लिएको छ ।

अस्वाभाविक जीवनशैली अपनाएको र वैध आयातको तुलनामा वैध आयको तुलनामा अवैध आयको मात्रा बढी लिएको भन्दै छानबिन शुरु गरेको आयोगको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी