काठमाडौं, कात्तिक १९ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालमाथि अकुत सम्पत्ति कमाएको भन्दै १३ पन्ने फारम भराएर अनुसन्धान सुरु गरेको छ ।
यसअघिको अनुसन्धानको क्रममा अर्यालले अकुत सम्पत्ति कमाएको र स्रोत नदेखिएकाले अनुसन्धान सुरु गरिएको हो । अख्तियारले अर्याललाई सम्पत्ति विवरण १३ पन्ने फारम भराएको छ । अर्यालले आइजिपीबाट गएको फागुन २ गते अवकाश पाउनुभएको थियो ।
अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले अहिले डेढ सयभन्दा बढी माथि छानविन गरिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline