चितवनमा संसदीय सत्तालाई चुनौती दिदै समानन्तर सत्ता पुनर्गठन

चितवनमा संसदीय सत्तालाई चुनौती दिदै समानन्तर सत्ता पुनर्गठन

  • शनिबार, कार्तिक १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

चितवन : जिल्ला परिषद चितवनको आयोजनामा चितवनस्थित भरतपुरमा संसदीय सत्तालाई चुनौती दिदै जिल्ला जन परिषद चितवनले नबराज पौडेल प्रमुख रहने गरी ३५ सदस्य समानन्तर सत्ताको पुनर्गठन गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका चितवन इन्चार्ज लालबहादुर बिसीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमका अध्यक्षयता चितवनको पूर्व जनसत्ताका प्रमुख मिनप्रसाद सापकोटा गर्नु भएको थियो ।

जनसत्ता घोषणा कार्यक्रमका अन्य अतिथिहरुमा चितवन जिल्ला सेकेटरी धुर्ब, पश्चिम तम्सालिङ पर्यटनमन्त्री लोकराज पाण्डे, युवा तथा खेलकुदमन्त्री बुदी थारुलगायत नेकपा चितवनका जिल्ला सदस्यहरु सहभागी भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लालबहाधुर बिसीले चितवनमा अब सबै जनताका काम जनसत्ताले गर्ने र असफल संसदीय व्यवस्थाको विकल्पको रुपमा जनसत्ताले आफ्नो काम कारवाही सुरु गर्ने बताउनुभयो । जिल्लामा जनसत्ताको कार्यालय सन्चालनमा आएकाले जनताको सम्पूर्ण समस्याको फैसला जनसत्तामार्फत हुने जिकिर गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ