राष्ट्र बैंकले ७ वर्षे विकास ऋणपत्र बिक्री गर्ने, आईतवार २ बजेसम्मको समय

राष्ट्र बैंकले ७ वर्षे विकास ऋणपत्र बिक्री गर्ने, आईतवार २ बजेसम्मको समय

  • शनिबार, कार्तिक १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ १८ कार्तिक ।
नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको ७ वर्षे विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले भोली बोलकबोल मार्फत बैंक तथा वित्तिय संस्था, गैर–बैंक वित्तिय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई ऋणपत्र बिक्री गर्ने तयारी गरेको हो ।

विकास ऋणपत्र किन्न चाहनेले भोली दिउँसो २ बजेसम्म बोलकबोल गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिद गर्न चाहनेले कम्तिमा पचास हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमलाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने परिमाणसम्म प्राप्त गर्न सक्नेछन् ।

ऋणपत्रका लागि छुट्याएको २० प्रतिशत अर्थात ४ अर्ब रुपैयाँ प्रतिस्पर्धीका लागि र १ अर्ब रुपैयाँ रकम अप्रतिस्पर्धी बोलवालाका लागि छुट्याएको छ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र साँवा २०८१ साल कात्तिक २० गते भुक्तानी गर्नुपर्नेछ ।

राष्ट्र बैंकले यहि महिनामा तीनवटा विकास ऋणपत्र जारी गरिसकेको छ । बैंकले कात्तिक ५ गते ६ अर्बको ७ बर्षे विकास ऋणपत्र, १२ गते ६ अर्बकै ८ वर्षे ऋणपत्र र १६ गते ५ अर्बको ५ वर्षे विकास ऋण पत्र निष्काशन गरेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ