जिप दुर्घटनामा तीनको मृत्यु

जिप दुर्घटनामा तीनको मृत्यु

  • शनिबार, कार्तिक १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

डोटी, १८ कात्तिक । डोटीको केआई सिंह गाउँपालिकाको देउरडीमा जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । डोटीको केआई सिंह गाउँपालिकाको देउरडीमा जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।
मृत्यु हुनेमा आदर्श गाउँपालिका–१ सालगाउँकी १९ वर्षीया अनिता खड्का, केआई सिंह गाउँपालिका–१ का ५५ वर्षीय गाडी चालक खेमराज ओझा र बोगटान गाउँपालिका–६ गगुडाका २५ वर्षीय रोशन ताम्राकार रहेका छन् ।
दुर्घटनामा घाइते भएका आठमध्ये तीनजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । गम्भीर घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । गम्भीर घाइतेहरूमा केआई सिंह गाउँपालिका–१ का २४ वर्षीय हेमराज ओझा, आदर्श गाउँपालिका–१ की ४५ वर्षीय हाँसु खड्का, स्वही ठाउँकी १३ वर्षीया सरिता खड्का रहेका छन् ।
केआई सिंह गाउँपालिकाको तिखात्तरबाट दिपायलतर्फ आइरहेको से१ज २६५ नंं को बोलेरो जिप सोही गाउँपालिकाको वडा नं ३ देउरडीमा आज दुर्घटना भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ